३० भदौ, कञ्चनपुर । दशैंलगायतका चाडपर्व नजिकिँदै गर्दा कञ्चनपुरको भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
चाडपर्वका बेला हुन सक्ने तस्करी, हातहतियारको अवैध ओसारपसार, चेलीबेटी बेचबिखन, लागुऔषधको कारोबार, आतङ्कित गतिविधि नियन्त्रण गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालय बेलौरीले सुरक्षा सतर्कता बढाएको हो ।
सीमा क्षेत्रका अवाञ्छित क्रियाकलाप हुन सक्ने क्षेत्रहरुको पहिचान गरी चौबीसै घन्टा प्रहरी परिचालन गरी निगरानी बढाइएको इप्रका बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले बताए ।
‘भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाएका छौँ,’ उनले भने ।
दैनिक सादा पोसाक र पोसाकमा गस्ती टोलीलाई परिचालन गरिएको उनले जानकारी दिए ।
सीमा क्षेत्रमा भारत नेपाल संयुक्त गस्तीको कार्यलाई समेत परिचालन गरिएको उनले उल्लेख गरे ।
No comments:
Post a Comment