Monday, 5 September 2016

विदुत प्राधिकरणमा वरिष्ठ हटाउने र कनिष्ठलाई हाकिम बनाउने यस्तो खेल भइरहेको छ

विदुत प्राधिकरणमा वरिष्ठ हटाई कनिष्ठै-कनिष्ठकाठमाडौंः विद्युत् प्राधिकरणका अधिकांश विद्युत्गृह, क्षेत्रीय निर्देशनालय, वितरण केन्द्र र आयोजनाहरूमा वरिष्ठलाई हटाई कनिष्ठलाई जिम्मेवारी दिने प्रवृत्ति बढेको छ ।
दस तहको मेकानिकल दरबन्दी भएका विद्युत्गृहमा अधिकांश नौ तहका कनिष्ठलाई जिम्मेवारी दिइएको छ । दस तहको मेकानिकल दरबन्दी भएका कालीगण्डकी ए, मध्यमस्र्याङ्दी, कुलेखानी प्रथम, मस्र्याङ्दी विद्युत्गृहमा नौ तहकालाई प्रमुख बनाइएको छ । देशकै ठूलो विद्युत्गृह कालीगण्डकी एमा नौ तहका इलेक्ट्रिकल इन्जिनियर श्रीराम पाण्डे, मध्यमस्र्याङ्दीमा नौ तहका मेकानिकल राजेश पाण्डे, मस्र्याङ्दीमा नौ तहका रामकुमार यादव, कुलेखानी पहिलोमा नौ तहका बद्री फुयाल छन् ।
योग्यता नपुगे पनि कामुको जिम्मेवारी दिएर कनिष्ठलाई प्रमुख बनाएर वरिष्ठहरूलाई भने काठमाडौं केन्द्रमा थन्काइएको छ । कुलेखानी पहिलो, त्रिशूली, गण्डक विद्युत्गृह र निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनामा काम गरिसकेका १० तहका वरिष्ठ मेकानिकल इन्जिनियर अरुण तिवारीलाई उत्पादनअन्तर्गत काठमाडौंमा बिनाजिम्मेवारी राखिएको छ ।
१० तहकै मेकानिकल इन्जिनियर महेशमान श्रेष्ठ, कुलेखानी दोस्रो, मोदी, देवीघाट र पुवाखोला विद्युत्गृहको काम गरिसकेका १० तहका अर्का मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादव र कुलेखानी पहिलो, मोदीमा प्रमुखको जिम्मेवारी समालिसकेका १० तहकै रमेशमान श्रेष्ठलाई पनि निर्माण नभएको राहुघाटमा थन्काइएको छ ।
त्यसैगरी नौ तह दरबन्दी भएका सुनकोसीमा आठ तहका सुरज दाहाल, देवीघाटमा आठ तहका मेकानिकल इन्जिनियर आभास ओझा, गण्डकमा आठै तहका सुरेश राउत र आठ तह दरबन्दी भएको पुवाखोलामा सात तहका सञ्जय पाठकलाई प्रमुख बनाइएको छ । ‘विभिन्न शक्ति केन्द्रको प्रभाव र दबाबस्वरूप यसरी नियमविपरीत जिम्मेवारी दिने चलन सामान्य हो,’ प्राधिकरणको जनशाधन विभागका एक अधिकारीले भने ।
प्राधिकरणका एक इन्जिनियरका अनुसार विनियमावलीविपरीत यसरी जिम्मेवारी दिन थालेपछि विद्युत्गृहको मर्मतसम्भारमा बेथिति बढ्दै गएको छ । सालबसाली नियमित मर्मतसम्भार गर्न यसका पार्टपुर्जा टेन्डरमार्पmत प्रतिस्पर्धा हुँदै आएकोमा हाल ‘प्रोप्राइटरी सामान’ का रूपमा खरिद हुँदै आएको छ । प्रोप्राइटरी सामानमा बिनाप्रतिस्पर्धा सीधै उत्पादक कम्पनीसित वार्ताका आधारमा खरिद गरिने हुनाले ७५ प्रतिशतसम्म महँगो पर्ने गरेको इन्जिनियरहरू बताउँछन् ।
प्राधिकरणले आफ्ना १८ वटै विद्युत्गृहमा मेकानिकलको साटो इलेक्ट्रिकल इन्जिनियरलाई जिम्मेवारी दिन संगठनात्मक स्वरूप परिवर्तन गर्न लागेको छ । केही इन्जिनियरलाई लक्षित गरी सबै विद्युत्गृहमा समूह परिवर्तन गर्नका लागि सञ्चालक समितिका एकजना सदस्यको संयोजकत्वमा उपसमिति गठन गरेपछि मेकानिकल इन्जिनियरहरूले विरोध गरेका छन् ।
विद्युत्गृहमात्र होइन प्राधिकरणको ११ तह दरबन्दी भएको विभिन्न क्षेत्रीय निर्देशनालयमा १० तहका कर्मचारीलाई प्रमुख बनाइएको छ । जनकपुरमा १० तहका सचिदानन्द यादव, हेटौंडा क्षेत्रीय निर्देशनालयमा १० तहकै पद्मकान्त झा, अत्तरियामा १० तहका राजेन्द्र मि श्र छन् । ११ तहका काशेन्द्र यादवलाई बुटवल क्षेत्रीय निर्देशनालयमा तानेर बन्दप्रायः रहेको कुलेखानी तेस्रोमा सारिएको छ ।
त्यस्तै नौ तह दरबन्दी भएका वितरण केन्द्रमा एक तहमुनिकालाई प्रमुख बनाइने गरिएको छ भने आठ तह दरबन्दी भएको ठाउँमा सात तहकाले जिम्मेवारी पाएका छन् । नौ तह दरबन्दी भएको वीरगन्ज, हेटौंडा, भरतपुर, कलैया, गौर वितरण केन्द्रमा आठ तहकालाई प्रमुख बनाइएको छ ।
वीरगन्जमा आठ तहका चुटुनकुमार श्रीवास्तव, हेटौंडामा आठ तहका ऋषिकुमार वर्णवाल, भरतपुरमा आठ तहका रामदुलार यादव, कलैयामा आठै तहका विनोदकुमार चौधरी छन् । ‘यी केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन्,’ प्राधिकरणको वितरण तथा ग्राहक सेवाका एक अधिकारीले अन्नपूर्णसित भने, ‘वितरण तथा ग्राहक सेवाअन्तर्गतका कुल एक सय नौ वितरण केन्द्रमध्ये ८० प्रतिशतमा यस्तो बेथिति छ । यी सबै शक्ति (मन्त्री र कर्मचारी युनियन) र पैसाका खेल हुन् ।’
कर्मचारी प्रशासन विनियमावली र दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन नगरिएकोतर्पm प्राधिकरणको उत्पादनका उपकार्यकारी निर्देशक शेरसिंह भाटले केन्द्रीय प्रशासनले बन्दोबस्ती गरिदिएको बताए । ‘विद्युत्गृहमा आउने जनशक्ति केन्द्रीय प्रशासनले गर्छ, यो नियमित प्रक्रिया हो,’ भाटले आइतबार अन्नपूर्णसित भने, ‘विद्युत्गृहमा मेकानिकलको साटो इलेक्ट्रिकललाई जिम्मेवारी दिने कुरा पनि आवश्यकताअनुसार सामान्य प्रक्रिया हो ।’

No comments:

Post a Comment