काठमाडौँ, ३० भदौ - प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार भारतको चारदिने राजकीय भ्रमणको लागि प्रस्थान गरेका छन्।
प्रधानमन्त्री बिहीबार बिहान साढे ११ बजे नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर आरएनए २०५ मार्फत भारत प्रस्थान गरेका हुन्।
उक्त जहाज गत मंगलबार दिल्लीबाट आउँदै गर्दा त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा टायर ब्रस्ट भएको जहाज हो। पांगा ब्रस्ट भएको दिन उक्त जहाजमा परराष्ट्रमन्त्री प्रकाशशरण महत जहाजमा सवार थिए।
प्रधानमन्त्रीलाई बिदाइ गर्न सभामुख ओनसरी घर्तीमगरसहित उपप्रधामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा विमानस्थलमा पुगेका थिए। प्रधानमन्त्रीले विमानस्थलमा पत्रकारहरुसमक्ष केही भनाइ राखेनन्।
प्रधानमन्त्रीको भ्रमण टोली १ सय २५ सदस्यीय रहेको छ। टोलीका ४८ सदस्य सरकारी र अरू निजी खर्चमा जान लागेका हुन्।
परराष्ट्रमन्त्री प्रकाशशरण महतलगायत भ्रमण टोलीका १५ सदस्यीय कोर टोली राष्ट्रपति भवनमा बस्नेछन्। अन्यलाई होटल ताजमा राखिने छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाहरू पारित गरेको छ।

No comments:
Post a Comment