Friday, 16 September 2016

दाहाल र मोदीद्वारा २५ बुँदे संयुक्त बक्तव्य जारी

भाद्र ३१, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले आइतवार २५ बुँदे संयुक्त बक्तब्य जारी गरेका छन् । त्यसमा ५० हजार भुकम्प पीडितलाई थप एक लाख रुपैयाँ दिनेदेखि रोकिएका विकास निर्माण कार्यहरु अघि बढाउन छुट्टै संयन्त्र बनाउनेसम्मका बुँदाहरु रहेका छन् ।  संयुक्त बक्तव्यमा दुई पक्षीय संयन्त्रका वैठकहरु निरन्तर रुपमा वस्न र त्यसका निर्णयहरु कार्यान्वयन गर्न दुवैले निर्देशन दिइएको छ । त्यसैगरी सार्क र विमेस्टेको फ्रेमवर्क भित्र क्षेत्रीय सहकार्यलाई अगाडी वढाउने, प्रवुद्ध समूहको वैठकले दुई पक्षीय सम्वन्धलाई सुदृढ वनाउन सल्लाह दिने पनि रहेको छ ।  प्रधानमन्त्री दाहालले गत अघिल्लो बर्षको महाभुकम्पका बेला भारतले गरेको सहयोगको सरहना गरेको छ । साथै भारत सरकारले ५० हजार भुकम्प पीडितलाई घर वनाउन थप एक लाख दिने सहमति गरेको छ ।  ५० हजार भूकम्पपीडितलाई घर बनाउन भारतले थप एक/एक लाख दिने रोकिएका विकास परियोजना अनुगमनका लागि एउटा संयन्त्र बनाउन दुवै प्रधानमन्त्रीको निर्देशन जलविद्युत् परियोजनालाई तीव्रता दिने, पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रोलाई अगाडि बढाउने सहमति नेपालले मागेको एयर रुटका बारेमा थप छलफल गर्दै जाने हुलाकी राजमार्ग निर्माणलाई तीव्रता दिन दुवै प्रधानमन्त्रीको निर्देशन दुईपक्षीय संयन्त्रका बैठकहरु निरन्तर रुपमा बस्ने र त्यसको निर्णय कार्यान्वयन गर्न संयुक्त कमिसनको बैठक बस्ने सार्क र बिमिस्टेकको फ्रेमवर्कभित्र क्षेत्रीय सहकार्य अगाडि बढाउने प्रबुद्ध समूहको बैठकले दुईपक्षीय सम्बन्धलाई सुदृढ बनाउन सल्लाह दिने भारतीय प्रधानमन्त्रीद्वारा वर्तमान सरकारले सबै क्षेत्रको माग सम्बोधन गर्न गरेका प्रयासको स्वागत क्रस बोर्डर रेलवे निर्माणमा भएको प्रगतिको समीक्षा, जम्मा ५ प्वाइन्टमा रेलवे निर्माण गर्ने टान्समिसन लाइन र सबस्टेसन निर्माणलाई गति दिन दुवै प्रधानमन्त्रीको निर्देशन ऊर्जा व्यापार सम्झौता कार्यान्वयन गरिने पेट्रोलियम पाइपलाइन निर्माणलाई तीव्रता दिइने नेपालमा विदेशी लगानीको संरक्षण गर्ने पशुपतिनाथको पुनर्निर्माण र जीर्णोद्धारका लागि छिट्टै सहमति गर्ने । पशुपति विकास कोष र भारतको पुरातत्व विभागले यससम्बन्धी सम्झौता छिट्टै गर्ने भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमण निम्तो, मोदीद्वारा स्वीकार, मिति कूटनीतिक माध्यममार्फत टुंगो लगाइने रोकिएका विकासका परियोजनाको अनुगमन गर्न एउटा संयन्त्र वनाउन दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन् । जलविद्युत परियोजनाहरुलाई तिव्रता दिने, पन्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रोलाई अगाडी वढाउने सहमति गरेका छन् । नेपालले थप एयर रुटको माग गरेमा त्यस सम्बन्धमा थप छलफल गदै जाने सहमति भएको उल्लेख छ । हुलाकी राजमार्गका निर्माणलाई तिव्रता दिन दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन् । त्यसैगरी संयुक्त बक्तव्यमा क्रस वोर्डर रेलवे निर्माणमा भएको प्रगति समिक्षा गर्दै पाँच प्वाइन्टमा रेलवे निर्माण गर्ने ट्रान्समिसन लाइन र सवस्टेसन निर्माण कार्यलाई गति दिने निर्देशन दिएका छन् ।  उर्जा व्यापार सम्झौतालाई कार्यान्वयन गर्ने, पेट्रोलियम पाइपलाइन निर्माणलाई तिव्रता दिने र नेपालमा विदेशी लगानीको संरक्षण गर्ने विषय पनि संयुक्त बक्तब्यको अंश बनेको छ ।  पशुपतिनाथको पुर्ननिर्माण र जिर्णोद्धारका लागि पशुपति विकास कोष र भारतको पुरातत्व विभागबीच छिट्टै सम्झौता गर्ने भएको छ । भारतीय प्रधानमन्त्रीलाई दाहालले दिएको नेपाल भ्रमण निम्तोलाई भारतीय प्रधानमन्त्री मोदीले स्वीकार गर्दै मिति कुटनितिक माध्यममार्फत टुंगो लगाउने उल्लेख गरिएको छ ।  भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधान संशोधन प्रकृयामा सबै क्षेत्र समेटिने विश्वास संयुक्त बक्तव्यमा पनि गरेका छन् ।

No comments:

Post a Comment