Friday, 19 August 2016

प्रधानमन्त्री प्रचण्डले सरकारको कामलाई प्राथमिकता दिनुपर्ने भएकोले माओवादी केन्द्रको महाधिवेशन स्थगित

काठमाडौँ, ३ भदौ  - नेकपा (माओवादी केन्द्र) ले आगामी पुस २३ गतेदेखि गर्ने भनिएकोे पार्टीको महाधिवेशन स्थगित गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको कार्यालयको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेको र उहाँले तत्काललाई सरकारको कामलाई प्राथमिकता दिनुपर्ने देखिएकाले महाधिवेशन स्थगित गरिएको बताउनुभयो । उहाँले महाधिवेशनको मिति पछि तय गरिने उल्लेख गर्नु भयो ।

यसैगरी बैठकले आगामी भदौ ११ गतेका लागि तय गरिएको महाधिवेशन आयोजक समितिको बैठक समेत स्थगित गरेको प्रवक्ता भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो– केन्द्रीय कार्यालयका सदस्यको उपस्थितिमा महाधिवेशन आयोजक समितिको बैठक सातै प्रदेशमा गर्ने र सम्बन्धित प्रदेशका आयोजक समितिका सदस्य त्यही बैठकमा उपस्थित हुने निर्णय गरिएको छ । रासस

No comments:

Post a Comment