को पागल? को सज्जन?
भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू एक दिन जेल निरीक्षणमा निस्केका थिए। कैदीले पाउनुपर्ने सरकारी सेवा, सुविधामा विशेष ध्यान दिने नेहरु जेललाई 'सुधार गृह' बनाउन चाहन्थे।
जेल पुग्ने बित्तिकै एक कैदीले नेहरूलाई लक्षित गर्दै भनेछ, 'देखो हमारा देशका सब्से बडा पागल आगया।'
कैदीको आलोचना सुनेर जेलर आबेगमा आएछ। 'प्राइम मिनिस्टर क्यान आई सुट हिम्?,' रिसले आगो बनेका जेलरले गोली ठोक्ने आदेश मागेछन्।
कैदीको दुर्वचनको कुनै वास्ता नगरी नेहरू मुसुमुसु हाँस्दै जेल बाहिर निस्के। एक कान, दुई कान मैदान हुँदै त्यो कुरा बाहिर आयो। समकालिन नेताहरूले नेहरूलाई खिसीट्यूरी पनि गरे।
नेहरू जस्तो सर्वशक्तिमान प्रधानमन्त्रीलाई सामान्य कैदीले किन 'पागल'को आरोप लगायो होला?
त्यसको तीन ओटा प्रमुख कारण हुन सक्छन्।
कारण १:
काश्मिरी पण्डितका परिवारका नेहरू 'नास्तिक' थिए। नास्तिकले भगवान मान्दैनन् र तिनको मुटु हुन्न भन्ने भान कैदीहरूलाई परेको हुनसक्छ।
उसै पनि त्यो समयमा नास्तिक हुनु एक अपवाद थियो।
कारण २:
अंग्रेजपछि भारतमा ईसाइ धर्म रक्षा गर्ने मानिस नेहरू थिए। उनी सुरुदेखि नै अंग्रेजबिरोधी थिएनन्। महात्मा गान्धीले इस्लाम धर्मलाई सुरक्षा दिएका थिए। नेहरूले दिएनन्।
कारण ३:
भारतलाई दुई टुक्रामा बिभाजित बनाएको आरोप नेहरूलाई पनि जान्छ। बिखण्डनकारीको रुपमा नेहरूलाई बुझिएको पनि हुनसक्छ।
जसले जस्तोसुकै आरोप लगाए पनि भारतीय इतिहासले नेहरूलाई 'पागल' प्रमाणित गर्न सकेन। बरु उनको नाम सुनौला अक्षरले लेखियो। भारतीयहरू आजसम्म पनि उनको जन्म दिनमा जयजयकार गर्छन्। स्मृती दिवशमा शोक सभा गर्छन्। समग्रमा नेहरूलाई सबै भारतीयहरु श्रद्धा गर्छन। एउटा असल शासकको रुपमा सम्झन्छन्।
अब अलिकति शितयुद्ध पछिको 'पागल' आरोप-प्रत्यारोपको इतिहास संस्मरण गरौ। अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई पनि 'पागल'को आरोप लगाइएको थियो। दोश्रो विश्वयुद्धकै कुरा गर्नुपर्दा कमरेड स्टलिन तथा चर्चीललाई समेत पागलको रुपमा चित्रण गरियो।
आजको युगमा आइपुग्दा संसारभरिका कम्युनिस्टहरू के कमरेड स्टालिनको दर्शन, बिचारपथ तथा राजनीतिक सिद्दान्तलाई केबल पागलपनको उपज मान्न तयार छन् त?
अमेरिकीहरू पूर्व राष्ट्रपति रोनाल्ड रेगनको शालिक अघिल्तिर ऊभिएर किन शिर झुकाउछन्?
त्यसैगरी उन्नाइसौं शताव्दीमा लिङ्कन र बोनापाटलाई पागलको रुपमा बुझियो । मध्य युगतिर आइपुग्दा रोमनका सम्राट तथा बेलायती राजा चाल्स द्धितीयलाई पनि पागल भनियो।
यद्दपि संसारको कुनै पनि चिकित्सा-जगतले उनीहरूलाई पागल प्रमाणित गर्न सकेन। त्यो केबल एउटा तुच्छ राजनैतिक आरोप मात्र थियो।
अब नेपालको सन्दर्भमा कुरा गरौं। नेपाली इतिहासमा रणबहादुर शाह अनि तत्कालिन युवराज सुरेन्द्र शाहलाई पागलको पगरी गुँथाइएको छ।
हालसालै मात्र नयाँ आरोपको रुपमा एमाले नेता कमरेड केपी ओली समेतलाई पनि 'मानसिक असुन्तुलन' भएको आरोप लगाइएको छ।
कमरेड केपी ओलीको उपचारपछि मात्रै उनीसँग वार्ता गर्न सकिने बिपक्षीहरूको जोडदार अडान छ।
नेपाली इतिहासको महान साम्राज्यभित्र अन्य गुपचुप रुपमा बाहिर आउन नसकेका थुप्रै पागलहरूको आ-आफ्नै इतिहास होलान्। जुन इतिहासमा यो वा त्यो बाहनामा बाहिर आउन सकेन।
साहित्य जगतमा कविताको जगजगी हुदाँ महाकवि लक्ष्मीप्रसाद देबकोटालाई 'पागल'को आरोप लगाइयो। भारतको राची लगेर उपचार गर्नुपर्ने सुझाव आयो।
सामाजिक पीडा सहन नसकेर होला देवकोटाले अन्तत: 'पागल' शीर्षकमा कविता समेत कोर्न भ्याए।
जरुर साथी म पगाल !
यस्तै छ मेरो हाल
म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु
बासनालाई संवाद लिन्छु
आकाश भन्दा पातलका कुरा छुन्छु
त्यो कुराजस्तो अस्तित्व लोक मान्दैन
जस्को आकार संसार जान्दैन।
यद्दपि नेपाली इतिहास महाकवि देवकोटालाई पागल प्रमाणित गर्न सकेन। न रणबहादुर शाह अनि सुरेन्द्र शाहहरूलाई नै पागल प्रमाणित गर्न सक्यो।
के कमरेड केपी ओलीलाई नेपाली इतिहासले 'पागल' प्रमाणित गर्न सक्ला त? कुन त्यस्तो अस्पतालमा डाक्टरद्वारा जाँच पड्ताल गरेपछि ओलीलाई लगाइएको आरोप पुष्टि हुनसक्छ?
कैलेकाहीँ मलाई पनि मेरी श्रीमतीले पटक-पटक पागलको आरोप लगाउँथिन्।
उनी मलाई भन्थिन् 'सधै लडाकुको मात्रै कुरा गर्नुहुन्छ। लौ सक्कियो, बर्बाद भयो, खत्तम भयो भन्नु हुन्छ। खाटमाथि र खाटमुनि पत्र-पत्रिका बाहेक अरु छैनन्। प्रचण्ड राष्ट्रपति नबने त चिज बन्दैन भन्नुहुन्छ। आखिर केका लागि यस्तो गर्नु हुन्छ? घरमा सुख, दुख के छ केही पनि थाहा छैन। के तपाई पागल हुनुभयो?'
पोखराको मणिपाल अस्पतालमा सेवारत मानसिक रोगका डाक्टर जयबहादुर खत्री भन्नुहुन्छ,'मानसिक रोगी बहुलाहा होइनन्। ऊ बिरामी हो। ऊ बिरामी छ भने उसलाई दया, माया अनि साहराको खाँचो पर्छ। मनोरोगीलाई पागल वा बहुलाहा भनेर हेप्नु मानव अधिकारको हनन गर्नू हो भनेर बुझिन्छ।'
डाक्टर खत्रीले मलाइ पनि पागल प्रमाणित गर्न सक्नु भएन। किनभने मेरी श्रीमतीले ममाथि लगाएको झुटो आरोप कसरी पुष्टि हुन सक्थ्यो र?
प्रचण्डलाई झापड हान्ने पदम कुवँर मनोरोग 'डिप्रेशन'का शिकार हुन्। म मान्छु, 'त्यो राजनैतिक डिप्रेशन हुनसक्छ। नेपालमा माओवादीले लाखौं मानिसलाई डिप्रेसनको शिकार बनाइरहेका छन्।
मानसिक सन्तुलन गुम्नेगरी तीनको भबिष्यमाथि खेलवाड गरेको छ। आत्महत्या गर्न र लडाकु, बिधुवा तथा कार्यकर्ताहरू माओवादीले उत्पादन गरेका डिप्रेशनका रोगी हुन्।
अहिले थुप्रै माओवादी कार्यकर्ता डिप्रेशनको आध्यात्मिक उपचार गर्ने भन्दै ओमशान्ती, ओशो तथा मनोक्रान्ति जस्ता धार्मिक समूहसँग जोडिएका छन्।
बाहिर भन्नुभएको छैन। भित्र-भित्र माओवादी नेताहरू के भन्छन् भने 'यो बिप्लव पनि केटाकेटी जस्तो कुरा गर्छ। ऊ पागल भइसकेको छ। त्यसैले दिमागमा हतियार छ भन्दैछ।'
आत्म समर्पणवादीहरूले क्रान्तिकारी शक्तिलाई लगाउने यो भन्दा घटिया आरोप तथा राजनैतिक बेइमानी अरु के हुन सक्छ?
शान्ति प्रक्रियाका नाममा पार्टी सखाप भइसकेपछि सबै भन्दा धेरै मानिसक रोगी (गहिरो-डिप्रेशन)मा परेका हजारौं नेता तथा कार्यकर्ताको एमाओवादीले बैचारिक उपचार 'काउन्सिलिङ्’ गर्न सक्यो?
मानिसक समस्यामा परेका मानिसहरू वा डिप्रेशनका रोगीलाई मात्र होइन मृगौला रोगीलाई समेत पागल अनि बहुलाह भन्ने एमाओवादी तानाशाहीजस्तो भएन र?
आजभोलि सामाजिक सञ्जालमा कमरेड केपी ओलीको रोगबारे बिभिन्न आलोचना, टिप्पणी तथा हाँसो मजाक गरेको पढ्न र देख्न पाइन्छ।
कुनै पार्टीको झुण्डले गरेको तुच्छ अराजनीतिक टिप्पणीका भरमा त्यसलाई मिडियाले उचालिरहनु उचित हो कि होइन? यसबारेमा त मिडिया अनुभवीलाई नै अवगत होला।
रुसी साहित्यकार एन्टोन चेखोबको एउटा कथामा लेखिएको छ 'जसले अरुलाई पागल देखिरहेको हुन्छ, ऊ आफूचाहीँ खुद् पागल भएको पनि हुनसक्छ।'
के यी गठबन्धनका दल एन्टोन चेखोबको कथाका खलपात्र हुन्? के ओलीलाई लिखित रुपमा मानसिक रोगीको किटान गर्ने कथित दलीय समूहहरू खुद मानसिक रोगीहरूको झुण्ड हुन् त?
यसबारे नेपाली इतिहासले प्रमाणित गर्ला कि नगर्ला चासोको बिषय बनेको छ।
अब मानसिक रोगका लक्षण तथा यो रोगका संकेतहरुबारे चर्चा गरौँ।
लक्षणहरू:
१. मष्तिस्क वा टाउकोमा चोट लागेको मानिस वा चोट पुर्याउन चाहने मानिसलाई मानसिक रोग लागेको हुनसक्छ।
२. मानसिक रोगी एकान्त मन पराउने हुन्छन्। वादविवाद, बहस गर्न चाहँदैनन्।
३. सधै आत्महत्या वा बलिदानीको भावना जाग्ने रुन, कराउन मन लाग्ने बानी।
४. कुनै ठूलो सपना देखेपछि अचानक असफलता तर्फ धकेलिनु पर्दा बिरक्तिएर डिप्रेशनमा जान सक्छन्।
५. कानमा कसैले गीत गाए जस्तो हुने, सपनामा अनेक दृश्य देखिने, नसुनेको कुरा पनि सुनेजस्तो लाग्ने अनि नदेखेको कुरा पनि देखेजस्तो लाग्न सक्छ।
माथि उल्लेखित मानसिक रोगका गम्भीर लक्षण ओलीमा देखिन्छ कि प्रचण्ड-बाबुराममा?
प्रचण्डलाई टाउको फुटाउन मन लाग्ने अनि बाबुरामलाई रुन कराउन मन लाग्ने अचानक यस्तो के भयो हँ?
प्रचण्ड भन्दैछन्, 'म टाउकोबाट रगत निकाल्न चाहन्छु अनि म सच्चिन्छु।'
प्रचण्ड र बाबुरामका काठमाडौंको भीडभाड छाडेर शान्त गाँउतिर हिडिँरहेका छन्। आवश्यक परे इतिहास ब्यूँतिने कुरामा यो लक्षण केन्द्रित हुनसक्छ।
गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति बन्ने सपना तुहिएपछि चील पार्टी फेरि पनि दोश्रो चुनावमा उडान भरेको थियो।
के यो मानसिक असन्तुलनको सुरुवात थिएन?
ओलिको मानसिक सन्तुलन गुमेको मानिस भनेर घोषणा गर्नुको कारण के हुनसक्छ?
पहिलो कुरा त यो नेताहरूमा देखिएको विवादित मानसिकता अनि रिस र आबेगको उपज हो।
जातीय पहिचान सहितको राज्य नदिएकोमा केही 'जात-जागिरे' बर्गको निम्ति केपी ओली पागल हुन कमाइ खाने भाँडो जातको मुख बन्द हुने भो भनिकन डलरका प्रिय आशावादी मानिस तर्सेका छन्।
त्यस्तै एक मधेस एक प्रदेशको मधेशी रणनीतिलाई फेल गराइ दिएका कारण केपी ओली केही मधेसी नेताको नजरमा पागल हुन साथमा ओली सम्भावित प्रधानमन्त्री हुनुका कारण पनि ओलीका आलोचकहरू उनलाई पागल भन्न नै रुचाउँछन्।
अनि एमाले, कांग्रेसलाई समेत आफ्नो योजनामा गोलमोटल बनाउन सकेका कारण दुई तिहाइको बहुमतीय संविधान बन्नसक्छ। संविधान घोषणापछि केपी ओलीले प्रचण्डको राजनीति नै धरापमा पारिदिने जोखिमका कारण केपी ओली उनीहरूको दुष्ट नजरमा पागल देखिनु स्वभाविक नै हो।
के यी माथिका कारणहरूमा कमरेड केपी ओलीलाई मानसिक रोगी प्रमाणित गर्नसक्ने लक्षण देखिन्छन्? के यस्को लागि नेपाली जनताको फैसला कुर्नुपर्ने हो वा कुनै डाक्टरको ल्याबमा गएर सुत्नुपर्ने हो?
९ बर्ष सम्म काठमाण्डौं खाल्डोमा सुतेपछि आफ्ना कार्यकर्ताहरु बिप्लवले भड्काउन लागेको देखेर प्रचण्ड-बाबुरामहरू निश्चित कमाण्ड सम्हाल्नेगरी राजधानी बाहिर हिँडेका हुन्।
यीनीहरूको राजनैतिक अस्तित्व नै गुम्ने खतरा भयो। त्यो निश्चित पनि हुँदै गयो। आफू प्रधानमन्त्री भएको बेला सामान्य सेनापतिलाई कारबाहीको विवादमा सरकारबाट राजीनामा दिनु प्रचण्डको लागि मानसिक रोगमा मुख्य कारण थिए।
बाबुरामले आफ्नो सरकारको पालामा पहिलो संविधानसभा र जनसेनाको बिघटन गरेदेखि अर्को मानसिक रोगको संकेत मिलेको थियो। त्यसै पनि यिनको गतिविधि भुपु प्रधानमन्त्रीको जस्तो छैन। मानौ कि बाबुराम गोर्खा जिल्लाको स्थानीय विकास अधिकारी हुन्।
मधेसवादी दलहरू अन्तिममा दलीय गठबन्धनलाई नै पागलको उपमा दिएर बाहिर निस्कने छन्। अनि केपी ओलिलाई माफी मागेर उनको नयाँ सरकारमा सामेल हुनेछन्। विजय गच्छदार यसको सांकेतिक रुप हुन्।
विश्व स्वास्थ संगठन 'डब्लुएचओ' को एउटा तथ्याङ्कले नेपालको कूल जनसंख्या २० देखि ३० प्रतिशत कुनै न कुनै मानिसक रोगबाट पीडित छन् भनेर प्रतिवेदन सार्वजनिक गरेको थियो।
ती बहुसंङ्ख्यक पागल कुन गुँडमा छन्?

No comments:
Post a Comment