Wednesday, 21 September 2016

दशैंमा घर जाँदा ठगिनुहोला है ! कति छ गाडीभाडा ? (सूचीसहित)

५ असोज, काठमाडौं । आगामी शुक्रबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधानको अगि्रम टिकट बुकिङ खुला हुँदैछ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न ब्यग्र प्रतिक्षा गरिरहेका छन् ।
त्यसैले टिकट खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लाग्ने निश्चित नै छ ।
एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिहरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ ।
तोकिएको भाडाभन्दा बढी अशुल्न धरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ । नभए काउन्टर बाहिर भेटिने दलालहरुले तपाईंलाई ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ ।
त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ ।
बढेको छैन भाडादार
यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै गत माघमा सार्वजनिक सवारीको भाडा घटाएको थियो । तर, अहिले पनि त्यसअघिकै भाडादरमा रकम अशुल्ने क्रम रोकिएको छैन ।
त्यसैले भाडादरबारे यात्रुहरु पनि सचेत हुनुपर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ बताउँछन् । ‘यात्रु सचेत भए भने कालोबजारी गर्नेहरुको केही लाग्दैन । त्यसैले तोकिएकोभन्दा बढी भाडा जे परेपनि तिर्दिन भन्ने मानसिकता बनाउनुपर्छ’ महानिर्देशक श्रेष्ठले भने, ‘सबै उपभोक्ताले त्यस्तो प्रण गरे भने टिकटमा हुने कालोबजारी निरुत्साहित हुन्छ ।’Gadi Bhada_2073
अनुगमनको योजना
विभागले दशैंका समयमा अनुगमन गर्नका लागि एउटा विशेष समिति नै बनाएको छ । महानिर्देशक श्रेष्ठको संयोजकत्वमा बनेको समितिले आवश्यक्ता अनुसार टोली बनाएर बुकिङ खुलेदेखि दशैंसम्म निरन्तर टिकट काउन्टरदेखि बसपार्कसम्म अनुगमन गर्ने योजना छ ।
विभागले गतवर्षहरुमा पनि यस्तो अनुगमन गर्ने गरेको थियो । तर, बढी भाडा लिने, छत र ढोकामा यात्रु राख्ने, कोचेर यत्राु हाल्ने, जथाभावी यात्रु ओसार्ने लगायतका समस्या हल हुन सक्दैनथ्यो ।
ठग्नेलाई ५ हजार जरिवाना
यो वर्षभने अनुगमनलाई सशक्त बनाएर बढी भाडा लिने सवारीविरुद्ध कडा बन्ने विभागको योजना छ । यस्तै लामो दुरीका सवारीमा सिटबाहेकमा यात्रु राख्न पनि नदिइने श्रेष्ठले बताए । ‘बढी भाडा लिने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई ५ हजार रुपैयाँ जरिवाना गरिनेछ’ श्रेष्ठले भने,’ट्राफिक प्रहरीको सहयोगमा हामी अनुगमन र कारवाहीलाई तीव्र बनाउनेछौं ।’
नागरिक सहायता कक्ष पनि
दशैंका लागि उपत्यकाबाट बाहिरिने सवारीसाधनहरुको अनुगमन र यात्रुहरुको समस्या समाधानका लागि उपत्यकाका विभिन्न १२ स्थानहरुमा नागरिक सहायता कक्ष स्थापना गरिनेछ ।
सर्वसाधारण जनताको समस्या सुन्न र समाधान गर्नका लागि यस्तो हेल्प डेक्स सञ्चालन गर्ने तयारी छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, बल्खु, पुरानो बसपार्क र सुन्धारामा नागरिक सहायता कक्षा स्थापना गरिने छ । सहायता कक्षमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरु रहनेछन् ।
सहायता कक्षका प्रतिनिधिले सर्वसाधारण यात्रीहरुलाई सुरक्षा दिने, तोकिएको भाडादर भन्दा बढी लिए/नलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्ने व्यक्ति माथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम गर्ने छ ।

No comments:

Post a Comment